Madhyabindu News App
खेलकुद

कांग्रेसको खेलकुद विभागले खेलाडीलाई कोभिड उपचार केन्द्र बनाइदिने

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेस खेलकुद विभागले राष्ट्रिय खेलकुद परिषदको हाताभित्र अक्सिजनसहित १० बेडको कोरोना उपचार केन्द्र स्थापना गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर खेलाडी र प्रशिक्षकहरूलाई सहयोग पु¥याउने काम यथाशीघ्र सञ्चालनमा ल्याइने बताएका छन् ।

‘नेपाली कांग्रेस खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघको संयुक्त प्रयासमा त्रिपुरेश्वरस्थित खेलकुद परिषदकै हाताभित्र अक्सिजनसहित १० बेड राखेर कोरोना उपचार केन्द्र स्थापना गरी खेलाडी र प्रशिक्षकहरूलाई सहयोग पुर्‍याउने काम यथाशीघ्र सञ्चालनमा ल्याइने कुरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु’, विभागका प्रमुख बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो चरणको कोरोनाको लहर अत्यन्तै डरलाग्दो अवस्थामा रहेको भन्दै खेलाडी र प्रशिक्षकहरूलाई कोरोना संक्रमणबाट बचाउन तथा उपचारमा सहयोग पुर्‍याउने उदेश्यले उपचार केन्द्र बनाउन लागेको विज्ञप्तिमा जनाइएको छ ।

 

No description available.

छुटाउनु भयो कि ?