Madhyabindu News App
समाज

कांग्रेस सम्पर्क समितिका सभापतिद्वारा स्वास्थ्य सामाग्री सहयोग

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक –  सम्पर्क समितिका सभापति सोनाम तामाङले जिल्लाका बिभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।

नेपाली कांग्रेस केन्द्रीय यातयात तथा ब्यबस्था बिभागका पूर्व केन्द्रीय सदस्य समेत भईसकेका तामाङले आफ्नै ब्यक्तिगत खर्चमा आइतबार कोरोना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बिभिन्न स्थानमा पुगेर उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

निषेधाज्ञामा अग्रपंतिमा खटिने सुरक्षाकर्मी र संक्रमण जोखिम क्षेत्रमा स्थानीय प्रतिनिधि मार्फत गाउँगाउँमा स्वास्थ्य सामाग्री सहयोग गरेको तामाङले बताए।

उनका अनुसार  सर्जिकल मास्क, बिभिन्न तौल समुहका स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री इलाका प्रहरी कार्यालय बाह्बिसे, लामोसाँघु प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय अंधेरी, बलेफी प्रहरी चौकी, बन्देउस्थित जनपथ प्रहरी, सशस्त्र प्रहरी कार्यालयका प्रमुख वा प्रतिनिधि हरु समक्ष पुगेर सहयोग गरेका हुन् ।

तामाङले बाह्रबिसे नगरपालिका वडा नम्बर २,३,७,८ का स्थानीयहरुका लागि र बलेफी गाउँपालिकाको वडा नम्बर ५,६,७ का स्थानीय कांग्रेस नेताहरुमार्फत स्थानीयलाई स्वास्थ्य सामाग्री पठाएका छन। अझै बिभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोगको क्रम निरन्तरहुने उनले बताए।

छुटाउनु भयो कि ?