Madhyabindu News App
आर्थिक

स्याकारले ल्यायो ७ लाख ५० हजार पर्ने नयाँ मोडलको बाइक

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले बहु प्रतिक्षित होण्डाको CB 350 DLX सार्वजनिक  गरेको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. का अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई  नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।

नेपालमा होण्डाको CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 DLX ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा विश्वस्त रहेको होण्डाले जनाएको छ ।

नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

कम्पनिले जनाएअनुसार रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस CB 350 DLX को मूल्य रु.७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

छुटाउनु भयो कि ?