Madhyabindu News App
अन्तर्राष्ट्रिय

फ्रान्सका राष्ट्रपति माक्रोमाथि झापड प्रहार

Madhyabindu Online


A A- A+

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोमाथि झापड प्रहार भएको छ । दक्षिणी फ्रान्सको भ्रमणका क्रममा उनीमाथि एक व्यक्तिले सार्वजनिक स्थानमै झापड हानेका हुन्  ।

राष्ट्रपति माक्रो बाटोमा उभिएका व्यक्तिहरुसँग कुराकानी गरिरहेको अवस्थामा ती व्यक्तिले उनलाई झापड हानेका थिए । लगत्तै राष्ट्रपतिको सुरक्षा टोलीले उक्त घटनामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको बिबिसीले जनाएको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै राष्ट्रपतिमाथि आक्रमण प्रयास भएको जनाएको छ । बिबिसी

छुटाउनु भयो कि ?