Madhyabindu News App
प्रदेश २

प्रदेश २ मा मन्त्रालय टुक्राइँदै कांग्रेस र माओवादी सरकारमा जाने

Madhyabindu Online


A A- A+

जनकपुर – प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मन्त्रालयहरू टुक्रयाएर सहभागी गराउने तयारी गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा भित्र्याउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेका हुन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको मुख्यमन्त्री राउत निकट स्रोतले जनाएको छ।

भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातारण, भौतिक पुर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर थप ४ वटा मन्त्रालय थपिनेछ। जस अनुसार कांग्रेसलाई तिन र माओवादीलाई दुई मन्त्रालय दिने सहमती भएको बुझिएको छ ।

यी मध्ये भौतिकबाट टुक्र्याइएका दुवै मन्त्रालय र अर्को एक रोजाई अनुसारको मन्त्रालय कांग्रेसलाई दिइनेछ भने अर्को एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइनेछ । बाँकी दुई वटा मन्त्रालय राउत आफैंले  आफ्नै जनता समाजवादी पार्टीका लागि राख्ने छन्।

मुख्यमन्त्रीले आफ्नो मातहतमा राख्ने मन्त्रालय जसपा ठाकुर समुहबाट आएका सांसदका लागि रिर्जव राख्ने निर्णय समृत भएको श्रोतको दाबी छ । यता कांग्रेसले प्रदेश २ सरकारमा सत्तासहकार्यका छलफल भईरहेको छ । तर हालसम्म कुनै सहमति नभएको बताएका छन ।

छुटाउनु भयो कि ?