Madhyabindu News App
राजनीति

“महाधिबेशन भदौमै हुन्छ सबै एकजुट भएर लागौं” – कांग्रेस सभापती देउवा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा नै गर्नुपर्ने बाध्यता भएको बताएका छन् । बुधबार एक विज्ञप्तिमार्फत सभापति देउवाले महाधिवेशनको विषयलाई लिएर भ्रममा नपर्न आग्रह गर्दै तोकिएको समयमा महाधिवेशन हुने पनी बताएका छन् ।

उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीका सबै नेता र सदस्यहरूलाई सक्रिय बन्न पनि आग्रह गरेका छन् । तोकिएकै मितिमा अधिबेशन गर्नुको विकल्प नभएको भन्दै देउवाले अधिबेशनका लागी एकजुट भएर लाग्न पार्टिका सबैतहका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

देउवाले विज्ञप्तिमा सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेकाले अहिलेको अवस्था सिर्जना भएको पनि उल्लेख गरेका छन् ।

कांग्रेसले आगामी भदौ ७ देखि १० मा गर्नेगरी १४ औं महाधिवेशनको मिति तय गरेको छ ।

No description available.

No description available.

 

 

छुटाउनु भयो कि ?