Madhyabindu News App
समाज

सहयोगी भावना राख्ने युवाहरुको पहलमा नि:शुल्क रुपमा खाना वितरण

Madhyabindu Online


A A- A+

काठमाडौं – सामाजिक उत्तरदायित्व र सहयोगी भावना राख्ने युवाहरुको पहलमा यहि जेठ २१ गते बाट सुरु गरिएको अभियान अन्तर्गत बुधबार २५ सय बढि व्यक्तिहरुलाई नि:शुल्क रुपमा खाना वितरण गरिएको छ।

कांग्रेस नेता भुपेन्द्र जङ शाहीले आफ्नो स्वास्थ्यमा सुधार आएपछि खाना वितरणको कार्यलाई फेरी निरन्तरता दिएका छन। अहिले उनी अलपत्र तथा समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा व्यस्त भएका छन ।

निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकलाई काठमाडौं नयाँबसपार्क, माछापोखरीमा नि:शुल्क रुपमा खान वितरण सुरु गरिएको र नि:शुल्क खाना वितरण निषेधाज्ञा अवधिभर जारी रहने नेता शाहीले जानकारी दिए ।

यो अभियानमा वीपी युथ सर्कलका बागमति प्रदेश अध्यक्ष सुमन गिरी र नुवाकोट अध्यक्ष सुवाश पुरीलगायत युवा साथीहरु र अन्य समाजसेवीहरुले समेत हातेमालो गरिरहेको सर्कलका अध्यक्ष ऋषि कोइरलाले जानकारी दिए ।

छुटाउनु भयो कि ?