Madhyabindu News App
मुख्य खबर​

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति – १४ ठाउँमा जग्गा, २२ तोला सुन (विवरण सहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको घोषणा थिए । उनले सम्पत्तिको सम्पूर्ण विवरण भने पछि उपलब्ध गराउनेबताएका थिए ।

सार्वजनिक गरेको विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ ।

उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।

मन्त्रि तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण यस्तो छ ।

छुटाउनु भयो कि ?