Madhyabindu News App
मुख्य खबर​

अर्को पार्टि र गुटबाट आएकालाई समेटेर मन्त्रिपरिषद बिस्तार हुँदै, को को थपिए ?

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।  प्रधानमन्त्री ओलीले अर्को पार्टिबाट आएका देखि अर्को गुटबाट आएकालाई समेटेर मन्त्रिपरिषद बिस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउन लागेका छन् भने माधव नेपाल क्याम्प छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता गणेश पाहाडीले सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएको स्रोतले बतायो ।

यस्तै, पूर्व गृहमन्त्री राम बहादुर थापाकी पत्नी नैनकला थापालाई सन्चारमन्त्रीको जिम्मेवारी दिएका छन् भने प्रदेश २ बाट माओवादी पार्टी त्यागेर एमाले प्रवेश गरेकी ज्वाला साहलाई कृषी मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् ।

यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल ओलीले विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

सम्भावित नव नियुक्त मन्त्रिहरुको नामावली र कार्य विभाजन –

१.खगराज अधिकारी – गृहमन्त्री

२. नारदमुनी राना वनमन्त्री

३. ज्वालाकुमारी साह– कृषि मन्त्री

४. राजकिशोर यादव – उद्योग मन्त्री

५. गणेश पहाडी– सामान्य प्रशासन मन्त्री

६. आशा विक– वन राज्यमन्त्री

७. मोहन वानियाँ विनाविभागीय

८.  नैनकला थापा – सन्चारमन्त्री

 

 

छुटाउनु भयो कि ?