
गणेश लामाको गोप्य मन्त्रले मनाङ्गेको यु टर्न
काठमाडौं – गण्डकी प्रदेशको सत्तासंघर्षमा निर्णायक शक्ति बनेका स्वतन्त्र सांसद दिपक मनाङे काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सम्भावना देखेपछि यु टर्न भएका छन् ।
मनाङेलाई मिलाउन काँग्रेसका नेता समेत रहेका गणेश लामा पोखरा पुगेका छन् । नेता लामालेनै दिपक मनाङेसँग गोप्य भेटवार्ता गरेपछी पासा पल्टीएको स्रोतको दाबी छ ।
गण्डकी प्रदेशमा मनाङे निर्णायक शक्ति बनेका छन् । उनले कृष्णचन्द्र नेपालीलाई समर्थन गरेमा उनी मुख्यमन्त्री बन्ने पक्का पक्की छ। कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ ।
नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । कृष्णचन्द्र नेपालीले काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राजमोको २ मत पाउँदा ३० मात्र पुग्छ ।
दिपक मनाङे पक्षमा आए नेपालीले बहुमत पाउने भएकोले उनलाई मिलाउन गणेश लामा पोखरा पुगेको बुझिएको छ । लामा र मनाङ्गेबिच पुरानो सम्बन्ध रहेको स्रोत बताउँछ ।