Madhyabindu News App
राजनीति

प्रदेश सांसदबाट बर्खास्त भएको दुई महीना नपुग्दै संघीय मन्त्री

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – प्रदेश सांसदको पद गुमेको दुई महीना नपुग्दै ज्वालाकुमारी शाह संघीय मन्त्री नियुक्त भएकी छिन्।

नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी उनलाई दुई महीनाअघि नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ सभा सदस्यबाट हटाएको थियो।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री नियुक्त गरेकी हुन्।

उनी बारा ३ ‘क’बाट ११ हजार ७७१ मत लिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनका प्रतिद्वन्द्वी रमानन्दप्रसाद यादवले १० हजार १४७ मत पाएका थिए।

बाराको सिमरा उपमहानगरपालिका-१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन्। उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन्।

त्यस्तै, यसअघि २०६६ मा भूमि सुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी शाह २०७४ को निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

छुटाउनु भयो कि ?