Madhyabindu News App
गण्डकी प्रदेश

अन्तत: ढल्यो गण्डकी सरकार

Madhyabindu Online


A A- A+

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल भएका छन् ।

६० सदस्यीय प्रदेश सभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मतमात्रै परेको छ । बहुमतका लागि ३१ मत चाहिन्छ ।

विपक्षमा भने ३० मत भएको छ । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमविक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहेका थिए ।

विश्वासको मत नपाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।

छुटाउनु भयो कि ?