Madhyabindu News App
मुख्य खबर​

‘नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्नु’ – सर्वोच्च (पूर्णपाठ)

Madhyabindu Online


A A- A+

काठमाडौँ –  सर्वोच्च अदालतको संवैधानिक इजलासले आज विहिबार नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न  आदेश जारी गरेको छ । ६ वटा रिट निवेदनहरूको एकमुष्ट सुनुवाई गर्दै संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।

कानुन बनाउने संसदको अधिकारक्षेत्र रहेकोमा त्यसलाई मिचेर अत्यावश्यक कामको रुपमा अध्यादेश जारी हुन नसक्ने भन्दै सर्वोच्च अदालतले अध्यादेशलाई यथास्थितीमा राख्न आदेश दिएको हो ।

संविधानद्वारा निर्धारित सीमा बन्देज नाघेर अध्यादेश जारी गर्न मिल्दैन, अदालतले आदेश गरेको छ ।

संसदलाई छल्ने उद्देश्यले जारी गरिएको अध्यादेशलाई द्धद्म विधायन मानिन्छ र त्यस प्रकारको अध्यादेश ले संवैधानिक वैधता प्राप्त गर्न सक्तैन भन्ने कानूनी सिद्धान्त रहेको सर्वोच्च अदालतको आदेशमा भनिएको छ ।

नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र सम्वेदनशील कुरा भएको अदालतको पुष्टि छ । वास्तविक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु नै पर्दछ  भने गैर नोपालीलाई कानून बमोजिम प्रक्रृया  पुरा गरेर अङ्गिकृत वा मानार्थ नागरिकता दिने जस्ता कुरामा बाहेक नेपालीले नागरिकताको प्रमाणपत्र दिन सकिदैन ।’अदालतको आदेशमाभनिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको भोलिपल्ट जेठ ९ गते प्रधानमन्त्रीको सिफारिसमा अध्यादेश जारी गरेकी थिइन् ।

हेर्नुस् पूर्ण पाठमा सर्वोच्चले के भनेको छ ? 

sarbochcha 1.jpg

sarbochcha2.jpg

sarbochcha 3.jpg

 

sarbocha 4.jpg

 

छुटाउनु भयो कि ?