Madhyabindu News App
मुख्य खबर​

सभामुखले बोलाए सर्वदलीय बैठक

Madhyabindu Online


A A- A+

काठमाडौं – संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटाकोले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दिउँसो २ बजेका लागी बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

छुटाउनु भयो कि ?