Madhyabindu News App
समाज

ट्रेड युनियन कांग्रेसद्वारा दोस्रो पटक श्रमिकको निशुल्क पिसिआर र एन्टिजेन परिक्षण

Madhyabindu Online


A A- A+

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौ महानगरपालिकाको सहयोगमा दोस्रो पटक श्रमिकहरुको निशुल्क पिसिआर र एन्टिजेन परिक्षण गरेको छ।

युनियनले शुक्रबार आफ्नै केन्द्रीय कार्यालय अनामनगरमा १०० भन्दा बढि श्रमिकहरुको निशुल्क कोरोना परिक्षण गरेको हो । गत विहिबार पनि युनियनले १०० भन्दा बढि श्रमिकको निशुसल्क कोरोना परिक्षण गरेको थियो ।

ट्रेड युनियन कांग्रेसले गत वर्ष लकडाउन हुनु पुर्व र शुरु हुने बित्तिकै माक्स, सेनिटाइजर वितरण ,श्रमिकहरुलाई कोरोना भाईरसबाट बचाउन विभिन्न सचेतना कार्यक्रम, गन्तव्य सम्म जाने श्रमिकहरुलाई यातायातको व्यवस्था , खाना खाजा खुवाउने र खाद्यान्न सामाग्री वितरण गरेको थियो ।

अहिले संक्रमण बढिरहदा श्रमिकहरु प्रत्यक्ष प्रभावित रहेकोले युनियनको सामाजिक उत्तरदायित्व अन्तर्गत विषम परिस्थितिमा श्रमिकलाई केहि सहज बनाउन निशुल्क पिसिआर र एन्टिजेन परिक्षण गरेको ट्रेड युनियन कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए ।

यसैगरि अनौपचारिक क्षेत्रका श्रमजीवीलाई तत्काल प्रभावकारी राहत प्याकेज ,निशुल्क स्वास्थ्य उपचार र खोपको चाडो व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसले सरकारसंग माग गरेका छन् ।

छुटाउनु भयो कि ?