Madhyabindu News App
समाज

एउटै पोखरीमा डुबेर एकै गाउँका ५ किशोरीको मृत्यु

Madhyabindu Online फोटो सामाजिक संजाल


A A- A+

जनकपुर – प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम नजिकै शुक्रबार दिउँसो एकैसाथ पाँच जना किशोरीको पोखरीमा डुवेर मृत्यु भएको छ।

धनुषा जिल्लाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं ६ लक्ष्मीपुर स्थित नयाँ खनेको पोखरीमा डुवेर स्थानीय पाँच किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

स्थानीय हुलास यादवले खनेको खनेको ९ फिट गहिरो पोखरीमा नुहाउन गएका पाँच किशोरी शुक्रबार दिउँसो सो पोखरमिा डुवेका थिए।

स्थानीय पल्टु यादवको १२ वर्षिया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षको छोरी चन्द्रा भगत, राजगिर पूर्वेकी अन्दाजी १३ वर्षकी छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी वर्ष १२ की चाँदनी ठाकुर र उतीम तेलीको छोरी वर्ष १२ की ललिता साह तेली पोखरीमा मृत अवस्थामा भेटिएका हुन्।

जिप्रका धनुषाले अनुसन्धान गरिरहेको भए पनि उनीहरु कसरी पोखरीमा डुबे भन्ने बारेमा एकिन हुन सकेको छैन ।

 

छुटाउनु भयो कि ?