Madhyabindu News App
स्वास्थ्य

नेपालमा थप ३७५० जनामा संक्रमण पुष्टि, ६७ जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालमा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा  ९ हजार ५९८ नमूनाको पीसीआर र ५५ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गराउँदा ३ हजार ७५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार शुक्रबार ५ हजार २२५ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।

 

छुटाउनु भयो कि ?