Madhyabindu News App
राजनीति

कांग्रेस पदाधिकारीहरुको बैठक शनिबार २ बजे

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्। देउवाले आफ्नै निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल तथा समसामयिक बिषयमा छलफल हुने स्रोतको दावी छ। महाधिबेशन नजिकै गर्दा अहिलेसम्म भएगरेका पार्टिका गतिविधी तथा बाँकी रहेका काम कारबाहीका बिषयमा पनी छलफल गर्ने तयारी गरिएको बताइन्छ ।

कांग्रेसले महाधिवेशन आगामी भदौ ७ देखि १० गते सम्म गर्ने निर्णय गरेको छ । कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।

छुटाउनु भयो कि ?