Madhyabindu News App
आर्थिक

मंगलबारदेखी बैंक तथा वित्तीय कम्पनीका चाहेजती शाखा खुल्ने

Madhyabindu Online


A A- A+

काठमाडौं – बैंक तथा वित्तीय कम्पनीले आफ्नो आवश्यकताअनुसार शाखा खोल्न पाउने भएका छन्।

बैंक तथा वित्तीय कम्पनीहरुलाई निश्चित संख्यामा मात्रै शाखा खोल्नुपर्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले खारेज गरिदिएपछी मंगलबारदेखि लागू हुने गरी बैंकहरुले आफ्नो आवश्यकताअनुसार बैंक शाखा खोल्न पाउने भएका हुन्।

आजसम्म वाणिज्य बैंकहरुले काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोलेर सेवा दिँदै आएका थिए। विकास बैंकहरुले ५ र फाइनान्सले ३ शाखा खोल्न पाएका थिए।

राष्ट्र बैंकले सकेसम्म सबै शाखा नखोल्न भन्दै आवश्यकताअनुसार खोल्न पाइने उल्लेख गरेको छ।

छुटाउनु भयो कि ?