Madhyabindu News App
बागमती प्रदेश

बागमती प्रदेशमा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट सार्वजनिक (पूर्णपाठ)

Madhyabindu Online


A A- A+

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाखको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा सामाजिक मन्त्री कैलाश प्रसाद ढुंगेलले मंगलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पुँजीगत खर्चतर्फ २९ अर्ब ७० करोड ४३ लाख र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख छुटाइएको छ । साथै वित्तीय व्यवस्थापन तर्फ २ अर्ब विनियोजन गरिएको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारलाई बजेटको प्राथमिकतामा राखेको बागमती प्रदेशले यसका लागि मात्रै २ अबैको बजेट छुटाएको छ । सो शीर्षकभित्र अस्पतालहरुमा आवश्यक यन्त्रहरुको जडान, शैय्या थप, दक्ष कर्मचारीको व्यवस्थापन आदिलाई समावेश गरिएको छ ।

विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

बजेटको पुर्णपाठ –

छुटाउनु भयो कि ?