कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

सिन्धुपाल्चाेक अपडेट – मेलम्चीमा होटलको छतमा दुई युवा अलपत्र, ज्यान बचाउन गुहार माग्दै
काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले मेलम्चीको रोज होटलको छतमा दुई युवा अलपत्र परेका छन् । होटल वरिपरी बाढी आउँदा उनीहरू छतमा बसेर उद्धारको पर्खाइमा रहेका छन् ।
मेलम्ची नदीको बाढीले होटल वरिपरीबाट खोला बगिरहेको छ । होटलको छतसम्म पानी पुगेको छैन । होटल कतिबेला भत्किने हो टुंगो नभएकोले तत्काल उनीहरूको हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने स्थानीयको भनाई छ । अहिले उनीहरूको हेलिकोप्टरबाट उद्धार भइरहेको छ ।
यस्तै हेलम्बु गाउँपालिकामा मेलम्ची नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
हेलम्बु गाउँपालिकाको मेलम्ची नदीको किनारमा एक जनाको शव फेला परेको छ । शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका (प्रवक्ता) डिएसपी प्रकाश सापकोटाले बताए ।
बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको प्रजिअ पोखरेलले बताए ।
अविरल वर्षाका कारण सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।
बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने नदी तटीय क्षेत्रमा भएका रिसोर्ट तथा ईको रिसिोर्ट गरी आधा दर्जन रिसोर्ट बगाएको छ ।
बाढीका कारण नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । त्यसैगरि दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको बताइएको छ ।
अविरल वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयसँग सम्पर्क गर्न कठिनाइ भएको जल्ला समन्वय समिमितिले जनाएको छ । यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ ।
मेलम्ची बजारसहित मेलम्ची र इन्द्रावती नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो । अहिले उद्दारकार्य जारी छ ।