Madhyabindu News App
मुख्य खबर​

बनि नसक्दै बग्यो नवलपरासीको पक्की पुल

Madhyabindu Online


A A- A+

काठमाडौं – पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ ।

बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले टेलिफोनबाट दिए । उनका अनुसार उक्तपुल गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा पुल निर्माणाधीन छ ।

पुलको स्लाब (माथिल्लो भाग) ढलानको काम हुँदै गर्दा पुल बगाएको हो । अर्को महिना पुलबाट गाडी हिँडाउन मिल्थ्यो काम नसकिँदै बग्यो ।

पानीले पुलको दुबै पिल्लर हल्लाएर भासिएपछि पुलको माथिल्लो भाग (स्लाब) खोलामा खसेको हो ।

छुटाउनु भयो कि ?