Madhyabindu News App
स्वास्थ्य

‘खोप छिट्टै ल्याउछौं, कुन देशबाट कती ल्याउने भन्दैनौं’ – स्वास्थ्यमन्त्री तामाङ

Madhyabindu Online


A A- A+

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्ले कुन देशबाट कती खोप ल्याउने भन्ने सार्वजनिक नगर्ने बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा युरोपेली मुलुकले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गरेपछि सञ्चारकर्मीलाई उनले खोप चाँडो भन्दा चाँडो ल्याइने पनी बताए ।

‘सरकारले खोप ल्याउन प्रयत्‍न गरिरहेको छ,’ उनी भन्छन,’ यो देशबाट यति मात्रामा खोप ल्याउन सक्ने भन्ने कुरा बाहिर सार्वजनिक गर्दैनौ । हामी खोप ल्याउनका लागि प्रयत्‍नरत छौ ।’

‘नेपाल खोप उत्पादन गर्ने मुलुक नभएकाले जुन मुलुकले खोप उत्पादन गर्छ त्यही मुलुकसँग वार्ता गरिरहेका छौ,’ मन्त्री तामाङ भन्छन्,’खोपको विषययमा सकरात्मक वार्ता भइरहेको छ । केही दिनमा सकरात्मक समाचार आउछ ।’

कार्यक्रममा आज आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, भेन्टिलेटरर ४४, प्लस अक्सिमिटर ४००, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरस ५०,  थर्मोमिटर १००, अक्सिन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २,०१,६०० र सर्जिकल मास्क १०,०८,०००  सहयोग प्राप्‍त भएको छ ।

त्यसैगरी डेनमार्कद्वारा भेन्टिलेटर २६, नासल अक्सिजन क्यानल्स ५०, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० सहयोग प्राप्‍त भएको छ ।

छुटाउनु भयो कि ?