Madhyabindu News App
प्रदेश २

समाजका अगुवाहरुसँगको भेटघाटमा व्यस्त प्रदेश २ का प्रदेश प्रमुख झा

Madhyabindu Online


A A- A+

जनकपुर – स्वच्छ र ईमानदार छविका रुपमा चर्चित जनकपुर क्षेत्रका पुराना नेता राजदेव मिश्र (बाबा) लाई भेटन शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख राजेश झा’अहिराज’ उनको निजी निवास मैं पुगेका छन ।

ईमान्दार नेताका रुपमा परिचित मिश्र जनकपुरमा वडा अध्यक्ष देखी मेयर सम्म बनेका थिए । पंचायतकाल देखी प्रजातन्त्र सम्मको यात्रामा मिश्रले आफ्नो छवि एक ईमान्दार नेताको रुपमा परिचय बनाएको कारण नै भन्नु पर्छ प्रदेश प्रमुख झा उहलाई भेटन भनेर जनकपुर ४ स्थित उनको आफ्नै निवाश पुगेका थिए ।

पच्छिलो समय सिकिस्त विरामी भएर लामो समय अस्पतालमैं बिताएका बुबालाई भेटन आउछु भनेर थुप्रै पटक प्रदेश प्रमुखले इक्षा जाहेर गर्नु भएको मिश्रका पुत्र घनश्याम मिश्रले बताए । ‘बिहान एक्कासि म आउदै छू , तपाईको बूबालाई भेटन घरमा ‘ फोन आएको सुनाउदै छोरा घनश्यामले भने, ‘ उहाँलाई घर आउन र बूबालाई भेटन पहिले देखी मन लागेको थियो ।’

प्रदेश प्रमुख अहिराजले बाबा राजदेव मिश्र संग जनकपुरको वस्तुस्थिति , उनको राजनीतिक जीवन , जनकपुरधामलाई आधुनिक जनकपुर बनाउने व्यक्ति वारे लामो क़ुरा कानी गरेका थिए ।

बिहान ९ बजे विद्यापति चौक स्थित आनंद नगरमा रहेको सामान्य घर पुग्दा स्थानीयको भीड़ नै लागेको थियो । बाबा तपाईको अंतिम इक्षा के छ भन्ने प्रश्नमा बयोबृद्ध बाबाको जाबाब थियो ‘ म जनकपुरधामलाई रामायणकालीन मिथिलाको रूपमा हेर्न चाहन्छु ।

त्यसको लागि यस जनकपुरको परिक्रमा क्षेत्र भित्र मध्य मांस बिक्री बितरण बन्द गर्न लगाई दिनुस ।’ भेट घटको क्रममा बाबाका चार छोरा मध्ये मुरली मनोहर मिश्र, घनश्याम मिश्र र इंद्रेश मिश्र समेतको उपस्थिति थियो । बुहारीहरु बन्दना, रिंकू र दीपिकापनि उपस्थित थिए ।

पछिल्लो समय प्रदेश प्रमुख राजेश झा’अहिराज’ले प्रदेशका पुराना पाका लव्धप्रतिष्ठित समाजका गन्यमान्य सामाजिक एवं राजनितिक व्यक्तित्वहरु सँगको भेटघाट बाक्लो बनाएका छन् । भेटमा उनले व्यक्तिगत तथा समसामयिक सामाजिक तथा राजनितिक भेटघाटलाई तिव्रता दिएका छन् ।

छुटाउनु भयो कि ?