Madhyabindu News App
स्थानीय तह

नेपाल चिन जोड्ने तातोपानी नाका अवरुद्ध, सयौं कन्टेनर अलपत्र

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – नेपाल चिन जोड्ने तातोपानी सिमानामा रहेको लिपिङपुलको केही भाग भोटेकोशीको बाढिले बगाएपछि तातोपानी नाका अवरुद्ध भएको छ।

लिपिङखोलामा आएको बाढीले जीर्ण अवस्थामा रहेको पुलको आधा भाग बगाएपछी सवारी आवागमन अवरुद्ध भएको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार बिहीबार खासाबाट लार्चातर्फ स्याउ बोकेर आएका १२ कन्टेनरमध्ये छवटा मात्रै तातोपानी आएका छन्। स्याउ बोकेका ६ कन्टेनर लिपिङमै रोकिएका छन्। पुलको मुख्य भाग नै ढल्ने अवस्थामा रहेकोले जोखिम मोलेर मानिस आवतजावत गरिरहेका भएपनी सवारीसाधन अड्केका छन्।

यस्तै खासा देखी नेलम सम्म रोकिएका सयौं मालवाहक ट्रकहरु समेत अहिले अलपत्र अवस्थामा रह्को अध्यक्ष पौडेलले बताए ।

मितेरीपुलबाट तीन सय मिटर यता लिपिङ पुल भूकम्प र भोटेकोसी बाढीले जिर्ण भएको थियो। जिर्ण भएको पुल चिनियाँ पक्षले मर्मत सुधार गरेर प्रयोगमा ल्याएको थियो।

नेपालको प्रमुखमध्येको एक व्यापारी नाका अवरुद्ध भएपछी दैनिक रुपमा संकलनहुने लाखौं राजश्व रोकिएको छ भने चिनबाट आयातहुने सामाग्री अलपत्र परेका छन् ।

छुटाउनु भयो कि ?