Madhyabindu News App
राजनीति

पार्टी वैधानिकता दावी गर्दै निर्वाचन आयोग पुग्यो उपेन्द्र यादव समूह

Madhyabindu Online


A A- A+

काठमाडौं – पार्टीको आधिकारिकता दावी गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष  निर्वाचन आयोग पुगेको छ ।

निर्वाचन आयोगले एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आफ्नो दाबी सहित आयोग पुगेको हो ।

अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।

केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।

 

छुटाउनु भयो कि ?