Madhyabindu News App
स्वास्थ्य

नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडाैं – नेपालमा शुक्रबार थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

देशभर गरिएको ७ हजार ५ सय ६९ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ८ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४ हजार २० संक्रमित निको हुदा हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

हाल ५९ हजार ६ सय २४ संक्रमित आइशोलेशन र ४८९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५ सय ७९ वटा पिसिआर र १ लाख ३३ हजार ६२७ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

छुटाउनु भयो कि ?