Madhyabindu News App
लुम्बिनी प्रदेश

लुम्बिनी सरकारमा सहभागी जसपाका चार मन्त्रीलाई सांसदबाट हटाउने तयारी

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाण्डौं – जनता जमाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार सांसदलाई सांसद बाट हटाउने तयाी गरेको छ। उनीहरूलाई सांसदबाट हटाउन प्रकृयास्वरुप पाँच दिने स्पष्टीकरण सोधेको जसपाले जनाएको छ।

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारमा जसपाका सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डे उद्योग, वन तथा वातावरणमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकासराज्यमन्त्री रहेका छन्।

यसअघि पनि यादव पक्षले चारै जनालाई सांसद पदबाट हटाएको थियो। उनीहरू चारै जना सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले अन्तरिम आदेशमार्फत उनीहरूको सांसद पद थमौति गरेको छ। दुवै पक्षलाई १६ असारमा छलफलका लागि बोलाइएको छ।

लुम्बिनीका जसपाका चार जना सांसद कारबाहीमा परेमा मुख्यमन्त्री पोखरेलको सरकार पनि संकटमा पर्नेछ। अहिले ८३ सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का ३८, कांग्रेसका १९, माओवादीका १९, जसपाका ६ र जनमोर्चाका एक सांसद छन्। बहुमतका लागि ४२ सांसद चाहिन्छन्।

जसपाका चार सांसदलाई कारबाही गरिएमा प्रदेश सभा ७९ सदस्यीय हुनेछ। जसमा बहुमतका लागि ४० सांसद चाहिन्छन्। विपक्षी गठबन्धनसँग सभामुख सहित ४१ सांसद पुग्छन्।

छुटाउनु भयो कि ?