Madhyabindu News App
स्थानीय तह

हेलम्बुले बाढिमा बेपत्ता भएकाहरुको परिवारलाई एक लाख दिने

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले बाढिका कारण बेपत्ता भएका परिवारलाई राहतस्वरुप प्रति परिवार एकलाख रुपैयाँ दिने भएको छ ।

हेलम्बु गाउँपालिकाको मंगलबार बसेको विपद ब्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हेलम्बु गाँउपालिका रोजगार संयोजक शुभेच्छा आचार्यले जानकारी दिइन ।

आचार्यका अनुसार गत असार १ गतेको बाढिमा परी बेपत्ता भएका हेलम्बु गाउँपालिका भित्रका पीडित परिवारलाई पालिकाले प्रति परिवार एक लाखका दरले राहत उपलब्ध गराउने भएको हो ।

उक्त बाढिमा बेपत्ता भएका हेलम्बु गाउँ पालिका भित्रका १६ परिवारलाई तत्कालकालागी राहतस्वरुप यो रकम उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ ।

छुटाउनु भयो कि ?