Madhyabindu News App
स्थानीय तह

हेलम्बुका बाढि पिडितलाई “सल्लाघारी एल्मुनाई एशोसिएसन”को राहत सहयोग

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – हेलम्बुका बाढि पिडित हरुकालागी विभिन्न संघ संस्थाद्वारा राहत सामाग्री सहयोग गर्नेक्रम चलिरहेको छ ।

यसैक्रममा मंगलबार भक्तपुरको “सल्लाघारी एल्मुनाई एशोसिएसन SAAN” नामक संस्थाले हेलम्बुका बाढि पिडित हरुकालागी खाद्यान्न लगायतका राहत सामाग्री सहयोग गरेको संस्थाका बोर्ड सदस्य राजकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार मंगलबार नेपाली सेना कल्याणकारी कोषबाट संचालित नेपालभर रहेका सैनिक महाविद्यालय तथा विद्यालयहरुको पुर्व विद्यार्थीहरुको छाता संगठन SAAN ले रु १ लाख र पुर्व विद्यार्थीहरुको व्यक्त्तिगत तर्फबाट रु १ लाख गरि रु २ लाख बराबरको सो राहात सामाग्रीहरु वितरण गरेको हो ।

उक्त संस्थाका अध्यक्ष पुर्व रथी तारा बहादुर कार्कीको संयोजनमा चामल ३५ बोरा, दाल ३५ प्याकेट, तेल ३५ प्याकेट, नुन ३५ प्याकेट, चिनी ३५ प्याकेट, चाउचाउ ३५ कार्टुन, बिस्कुट ३५ कार्टुन, मस्यौरा ३५ प्याकेट, पाल २५ थान, स्यानिटरी प्याड ३५ प्याकेट, मास्क ३५ बक्स, स्यानिटाइजर ३५ बोतल, लाईट ३५ थान र लत्ताकपडा ५ बोरा वितरण गरिएको हो ।

अबिरल बर्षाका कारण असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका खोलाका आसपासका घरपरिवार बाढिबाट प्रभावित भएका थिए ।

No description available.

छुटाउनु भयो कि ?