Madhyabindu News App
स्थानीय तह

मेलम्चि बाढी क्षतिको विवरण संकलन गर्न गएको प्राविधिक टोली बीचबाटै फर्कियो

Madhyabindu Online


A A- A+

काठमाडौं– गत असार १ गतेको बाढीका कारण भएको क्षतिको विवरण संकलन गर्न गएको प्राविधिक टोली मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म पुग्न नसकी बीचबाटै फर्किएको छ।

आयोजनाका हेडवक्र्स (मुहान)सम्म पुग्ने लक्ष्यसहित सोमबार काठमाडौंबाट प्रस्थान गरेको टोली मुहानभन्दा पाँच किलोमिटर वरबाटै फर्किएको हो।

यसअघि शनिबार पनि आयोजनाको मुहानसम्म पुग्ने भनेर गएको प्राविधिक र विज्ञसहितको टोली मेलम्ची बजारभन्दा केहीमाथि पुगेर फर्किएको थियो । क्युलबाट मेलम्ची खानेपानी आयोजनाको मुहान पाँच किलोमिटरको दूरीमा छ।

आयोजनाको पुनर्निर्माणका लागि नेपाली सेना र सडक विभागसँग सहयोग मागेर मेलम्ची खानेपानी आयोजनाले पत्राचार गरिसकेको छ। मेलम्ची खानेपानी आयोजनाका अनुसार मुहानसम्म पुग्न विभिन्न भागमा गरी १० किलोमिटर सडक र चारवटा बेलिब्रिज निर्माण गर्न आवश्यक छ।

 

छुटाउनु भयो कि ?