Madhyabindu News App
स्थानीय तह

रेडियाे मिसनकाे पहलमा हेलम्बुमा राहत वितरण

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा बाढीले पुर्ण रूपमा बिस्थापित भएका २५ परिवारहरूलाई राहत बितरण गरिएकाे छ । रेडियाे मिसनकाे विशेष पहलमा एकाउन्टेबिलिटि ल्याब र आला फाउण्डेसनकाे सहयाेगमा उक्त राहत बितरण भएकाे हाे ।

प्रती परिवारकाे लागि ब्लाङकेट २ थान , थाल ४ थान, गिलाँस ४ थान , साेलार बत्ती १ थान, कन्ती १ थान, जिवनजल १ थान, पानी सुद्विकरण गर्ने पीयूष १ थान काे दरले बाढीबाट बिस्थापित २५ परिवारलाई राहात बितरण गरिएकाे हाे ।

“बाढीबाट चिउरीखर्क मगरबस्तीकाे सबै घर बिस्थापित भएकाे जानकारी आएपछि म रिपाेर्टिङमा जाने क्रममा सबै घर र खेतहरू बाढीले बगाएकाे पाएँ । राहात सहयाेगकाे लागि मैले एकाउन्टेबिलिटि ल्याबकि अस्मिता सर्मा संग विशेष पहल गरेँ । उहाँहरूले राहात पठाउने सहमती जनाउनुभयाे र हामीले हेलम्बुमा समन्वय गरेर राहत बितरण गरेका हाैँ ।” रेडियाे मिसन १०५.३ मेगाहर्जका अध्यक्ष सन्ताेष सिग्देलले भने ।

हेलम्बु गाउँपालिका वडा नं २ र ६ मा राहात बितरण गरिएकाे छ। हेलम्बु गाउँपालिका वडा नं ६ का ४ जना र वडा नं २ का २१ जना लाई राहत बितरण गरिएकाे हाे । हेलम्बु ६ तल्लाे खाेरेका ४ जनाकाे खाेलाकाे बगरमा घर र खेत थियाे सबै बाढीले लगेकाे छ र अहिले बिस्थापित भएका छन । यस्ता सहयाेगहरू अझैपनि गर्दै जाने एकाउन्टेबिलिटि ल्याबकि अस्मिता शर्माले बताईन ।

त्यस्तै हेलम्बु २ काे च्युरी खर्क मगर बस्तीकाे २२ घर थियाे सबै खाेलाले बगायाे । जसमध्ये २१ परिवारलाई राहात बितरण गरिएकाे छ । १ परिवार काठमाण्डाैँ भएकाले राहत बितरण गरिएन । उनिहरू भुकम्प पछि त्यहाँ बगरमा अाएका थिए अहिले खेतबारी घर सबै लग्याे । अहिले सुकुम्बासी भएका छन । हाल उनिहरू गाउँपालिकाले दिएकाे त्रिपालमा बसेका छन ।

हेलम्बु २ कि सरस्वती थापा मगरले भनिन “हाम्राे सबै घर जग्गा बाढीले लग्याे हामी अब जाने ठाउँ छैन ।” हेलम्बु गाउँपालिकामा अवस्था भयावह रहेकाे र अझै पनि राहतकाे खाँचाे रहेकाे रेडियाे मिसनका स्टेसन मेनेजर किरण थापाले बताए । “अब हेलम्बुमा जस्तापाता , साेलार बत्ती र खाना पकाउने ग्यासकाे अावस्यकता रहेकाे मैले पाएँ ।” थापाले भने ।

छुटाउनु भयो कि ?