Madhyabindu News App
स्थानीय तह

इन्द्रावतीको ५ को माझी बस्तिमा खाद्यान्न सहयोग

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका वडा नं ५ को भदौरे एकिकृत नमुना माझी बस्तीमा खाद्यान्न सहयोग गरिएको छ ।

इन्द्रावती ५ वडा समितिको पहलमा सिन्धु कल्याणकारी समाज संयुक्त राज्य अमेरिका र RDR कन्ट्रक्सन प्रालीका प्रोपाइटर राजु तामाङको सहयोगमा उक्त राहत वितरण गरिएको वडा अध्यक्ष दुर्गा बहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार ६० घर माझी बस्तीका लागी प्रति परिवार एक बोरा चामल, एक लिटर तेल, एक किलो नुन र एक किलो दाल वितरण गरिएको हो ।

उक्त राहत सामाग्री भदौरे एकिकृत नमुना माझी बस्तीकी अध्यक्ष सर्मिला माझीलाई हस्तान्तरण गरिएको उनले बताए ।

 

छुटाउनु भयो कि ?