Madhyabindu News App
स्थानीय तह

मेयर र उपमेयर नै अल्पमतमा परेपछी ललितपुरको नगरसभा अलपत्र

Madhyabindu Online फाइल फोटो


A A- A+

ललितपुर – ललितपुर महानगरपालिकाका मेयर र उपमेयर नै अल्पमतमा परेका छन् । बिहीबार नगरसभाका अधिकांश सदस्यहरू अनुपस्थित भएपछी महानगरपालिकाको बजेट नै अलपत्र परेको छ ।

नगरसभाका सदस्यहरूको गणपुरक संख्या नपुगेकोले बैठक शनिबारको लागि सारिएको एक वडा अध्यक्षले बताए । उनका अनुसार बजेट पारित हुनको लागि ५१ प्रतिशत सदस्यको साथ चाहिन्छ । तर १३६ जना सदस्यमा ९६ जना सदस्य अनुपस्थित भएपछी शनिबारको लागि बैठक सारिएको छ ।

ललितपुर महानगरमा नगरप्रमुख, उपप्रमुख र १० वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्ष छन् । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्रका अध्यक्ष छन् । एउटामा भने स्वतन्त्र उम्मेदवार अध्यक्ष छन् । कांग्रेसबाहेकका जनप्रतिनिधिले बहिष्कार गर्दा बजेट नै पेश हुन सकेन ।

छुटाउनु भयो कि ?