Madhyabindu News App
कला-साहित्य

महायज्ञ !

Madhyabindu Online खलबीर नाराज


A A- A+

महायज्ञ !

मङ्सिर पाँच
पुण्य मिल्ने अभिप्रायमा
हस्तरेखा धस्याएर
स्वष्तिक छाप मिलाएर
जहाँ भनेको तेहिं
मन खसाएको हुँ।

जीवित छँदा
छाना माना नानाको अभाव नहोस
निर्जीव भएपछि
बाटोमा नअल्झी
सिधै बैकुण्ठ बास होस्
अपेक्षा कामना जे भनेनि यत्तिनै थियो।

यज्ञ वेदीमा होमिएका
शुरो,चरुको स्पर्शले
समिदाका चिर्कटाहरु सल्किदै गर्दा
हुर्किएको धुवाँको मुस्लो
आगोको लप्का
चँदुवाको नैवेद बफ्याउँदै
आकाशको पवन छाम्दै गर्दा
मनमा घनघोर उमङ्ग जडित थियो।

यज्ञमा भागवत सुनेकै हुँ
भक्ति गुणगानमा नाचेकै हुँ
अमृतमय रसपान गरेकै हुँ
व्यास लगायत मण्डलीको
मानमनितो राखेकै हुँ
आबश्यक सहयोग गरेकै हुँ,
तथापि
मेरो खप्पर माथिको आकाशमा
बिजुली चम्केको चम्केइ छ
मेघको गड्गढाहट उस्तै छ
अड्कलेको बर्षाद हुँदैन
निस्फिक्रि बर्षादले डिही राख्दैन
यो कस्तो दर्दनाक भाग्य मेरो।

के हिउँद,के वर्षा
एक्छत्र गर्जने मेघ
चड्कने चट्याङ
त्राशै त्राशको भूमरीमा
बाँचेको छु म,
छट्पटाउँदै बर्बराउँदै लर्खराउँदै
मैले मेरा बग्र्यान डिही छामेको छु
भत्किएका सीमा देखेर कामेको छु
हन्हनी ज्वरो बढेको छ
मन भुतुक्कै डढेको छ
क्रोध र द्रोह चढेको छ
तथापि,गर्न सक्छु र म केरु

बिर्सदै घाउका पीडाहरु
कीर्तनमा झम्केका वीणाहरुको गुञ्जनमा
म फेरि फेरि फेरि
यज्ञ मण्डपको रमझममा
एक दुनो प्रसादको लोभमा
छाक खटाएको चामलको अक्षता
आँगनका डिलमा सजिएका फूलहरु निमोठ्दै
भुराले खाउँ भन्दा नटिपेको मेवाको चिरा लिएर
उही पुरानो
चाहतको अपेक्षा दोहर्याउँदै
जाने त होला अबश्य नै।

छुटाउनु भयो कि ?