Madhyabindu News App
स्थानीय तह

पाल्पामा पनि १८ औ रास्ट्रिय धान दिवस मनाइयो

Madhyabindu Online


A A- A+

अनु खनाल/पाल्पा – पाल्पाको माडिमा धान दिवस मनाइएको छ । तानसेन नगरपालिकाकी उप प्रमुख लक्ष्मी देवि पाठकको नेतृत्वमा माधवी कृषि समुहको सहभागीतामा खेतमा धान रोप्दै असारे गीत गाउँदै माडी फाँटमा धान रोपाई सम्पन्न भएको छ ।

धान दिवसमा सहभागी हुँदै तानसेन नगरपालिकाकी उप प्रमुख लक्ष्मी देवि पाठकले प्रस्तत सिचाइ भएपनि हिउदमा सिचाइको अभाव हुँदा सबै किसिमका कृषिजन्य उत्पादनको लागि कठिनाई भएको बताइन् ।

पाल्पा कृषि ज्ञान केन्द्र प्रमुख शिव अर्यालले नेपाल लगायत एसियाको प्रमुख वालीको रुपमा धान खेती भएकाले सरकारले धानखेतीलाई रास्ट्रिय दिवसको रुपमा मनाएको बताए ।

कार्यक्रमका अध्यक्ष वडा न-९ को हरीसुमर रेग्मी,जिल्ला समन्वय समितिका सदस्य कुल वहादुर गाहा मदनपोखरा वहुप्राविधिक शिक्षालयका प्रमुख संजय यादव ,दमकडा माध्यमिक विधालयका प्रधानध्यापक मोहन सापकोटा लगायतले उन्नत जातको विउ ,कृषि उत्पादनमा यान्त्रिकरण र विभिन्न किसिमका प्राविधिक सहयोगको कारण कम लागतमै धानको उत्पादन वृद्धि भएको बताए ।

तानसेन नगरपालिकाका सामाजिक शाखा प्रमुख भरत आचार्य र पत्रकार कृष्ण पोख्रेलको उपस्थिति रहेको थियो ।माधवी कृषि महिला समूह दमकडाकी अध्यक्ष विनिता लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन तानसेन नगरपालिकाका कृषि पशु शाखा प्रमुख दान वहादुर कुवँर मगरले गरेका थिए ।

No description available.

 

छुटाउनु भयो कि ?