Madhyabindu News App
अन्तर्राष्ट्रिय

मास्क नलाएका कारण अष्ट्रेलियन उपप्रधानमन्त्री कारबाहीमा

Madhyabindu Online फोटो गुगल


A A- A+

एजेन्सी – अष्ट्रेलियन उपप्रधानमन्त्री बार्नवी जोयश मास्क नलगाइ हिंडेका कारण कारबाहीमा परेका छन्।

अष्ट्रेलिया सरकारका उपप्रधानमन्त्री जोयश सरकारले तोकेको जनस्वास्थ्य आदेश (पब्लिक हेल्थ अर्डर) उल्लंघन गरेको आरोपमा कारबाहीमा पर्दै २ सय डलर जरीवाना तिरेको बिबिसीले जनाएको छ ।

न्यू साउथ वेल्स राज्यको आर्मेडेलस्थित एक पेट्रोल स्टेशनमा मास्क नलगाई उपप्रधानमन्त्री जोयश पुगेपछि कसैले नजिकको प्रहरी कार्यालयमा खवर गरेको थियो।

उप–प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक स्थलमा सरकारको आदेश उल्लंघन गरेको पाइएकाले प्रहरीले तत्काल २ सय डलर जरीवाना गरेको डेपुटी पुलिस कमिसनर ग्यारी वोरब्वाईजले बताए। बिबिसी 

छुटाउनु भयो कि ?