Madhyabindu News App
बागमती प्रदेश

‘मुख्ममन्त्री र प्रधानमन्त्री निवास कब्जा गरेर बस्न नपरोस्’- माननिय निमा लामा

Madhyabindu Online


A A- A+

हेटौंडा – वागमती प्रदेश सभा सदस्य माननिय निमा लामाले सरकारले सिन्धुपाल्चोकका बाढिपिडितको वेवास्ता गरेको प्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।

विहीवार प्रदेशसभामा बोल्दै सांसद लामाले राजधानीको तिर्खा मेटाउने मेलम्ची र पाँचपोखरीमा केन्द्रलाई प्रदेश सरकारले वेवास्ता गरेको आरोप लगाउँदै प्रदेश सरकारले अहिलेसम्म मेलम्ची बाढी पीडितका लागि कुनै योजना र कार्यक्रम नल्याएकोमा आपत्ति जनाएका छन्।

सांसद लामाले बेपत्ताको उक्त बाढिकाकारण माछा व्यवसायसहितका व्यवसाय गुमाएको उल्लेख गर्दै सिन्धुपाल्चोकको पीडामा मल्हम नलगाउने हो भने प्रधानमन्त्री र मूख्यमन्त्री कार्यालय घेर्न पछि नपर्ने चेतावनी पनि दिए।

‘तटीय क्षेत्रमा बसोबास गर्न नहुने हो भने तत्काल वैकल्पिक व्यवस्था गरोस र राजधानीको तिर्खा मेटाउने पानीको मुल जोगाउन वातावरणीय संरक्षण एव विपद्को विशेष व्यवस्था होस, नभए हेलम्बु, मेलम्ची र पाँचपोखरीवासीले काठमाडौंमा पानी झर्न दिने छैन,’ लामाले भने, ‘सरकाले बेवास्ता जारी राखे हेटौंडाको मुख्ममन्त्री निवास र काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा कब्जा गरेर बस्न नपरोस्।’

असार १ गते हेलम्बुको भ्रेमाथाङ पहिरोका कारणर लेदोसहितको बाढी हेलम्बु, पाँचपोखरी थाङपाल र मेलम्ची क्षेत्रमा ठुलोमात्रमा धनको क्षति भने पाँच जनाको मृत्यु भएको छ। घटनामा परी २० जना अझै वेपत्ता छन्। बाढीले घर र कैयौ खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। यस क्षेत्रमा कैयनको व्यापार व्यवसायमा क्षति पुगेको छ।

प्रदेश सांसद लामाले मेलम्ची बाढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँका स्थानीय जनप्रतिनिधि आफ्नो पक्षको नभएकोले यस क्षेत्रमा ध्यान नदिएको उनको आरोप लगाउँदै भने ‘हेलम्बुको स्थानीय सरकार कांग्रेसको र मेलम्ची र पाँचपोखरीको स्थानीय सरकार माधव नेपाल पक्षकै भएको कारण न त प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता पर्‍यो न त वाग्मती प्रदेश सरकारको,’ ।

लामाले मेलम्ची बाढी पीडितलाई सरकारले तत्काल पुनर्स्थापना कार्यक्रम ल्याउन र बाटो जोड्ने पक्की पुल बनाउन योजना ल्याउनसमेत माग गरेका थिए।

छुटाउनु भयो कि ?