Madhyabindu News App
बागमती प्रदेश

के नागरिकका यी पीडा बुझ्ने कुनै सरकार हाम्रो देशमा छ ? – युवराज दुलाल

Madhyabindu Online


A A- A+

काठमाडौैं – बागमती प्रदेशको पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले हाम्रो देशमा जनताकाे पीडा बुझ्ने कुनै सरकार छ? भन्दै प्रश्न गरेका छन्।

बिहिबारको प्रदेशसभाको बैठकमा प्रश्न गर्दै भने, ‘के सामान्य खाद्यान्न तथा अन्य जिन्सी राहतले हाम्रो बाँच्ने र जीवन निर्वाहको आधार फर्कन्छ? के नागरिकका यी पीडा बुझ्ने कुनै सरकार हाम्रो देशमा छ? के यी क्षेत्रलाई पनि बागमति प्रदेश सरकारले आफ्नै कर्म क्षेत्र मानेको छ?  छ भने आफ्नो खातामा दशौं अर्ब पैसा थन्काएर राखेको सरकारले किन आपत्कालिन श्रोत र शक्ति परिचालन गरेर तत्कालिन उद्दार, राहत तथा थप संरक्षणका काम गर्न सकेन?’

भ्रेमाथांगमा जुनसुकै अवस्थामा पहिरो जान सक्ने खतरा विद्यमान रहेको उनले बताए। अनुमानित २० लाख घनमिटर भन्दा बढी ढुंगा माटो बालुवा जुन सुकै बेला नदीले बगाएर तल्लो तटीय क्षेत्र मूलत दोलालघाट बजारसम्म क्षति पुराउने उच्च खतरा रहेको उनको भनाइ छ।

बाढीले हेलम्बु र मेलम्चीको नदी तटीय क्षेत्रमा बसोबास गर्ने हेलम्बुका १३ जना, चौतारा साँगाचोकगढीका १ र जुगल गाउँपालिकाका २, पाँचपोखरी थांगपालका १ गरी सिन्धुपाल्चोकबासी १७ तथा मेलम्ची खानेपानी आयोजनामा काम गर्नेसहित जम्मा पाँच नागरिक मृत फेला परेको र २० जना वेपत्ता भएको उनले बताए।

बैठकमा १६ बुँदे माग राख्दै पुर्व मन्त्री दुलालले संघीय राजधानी काठमाडौं उपत्यकामा पानी पठाउने मेलम्चीको दुखमा संघीय सरकारको पनि ध्यान जानुपर्ने बताए।

१६ बुँदे माग

१. मृतक एवं वेपत्ता परिवारलाई राहत स्वरुप उचित आर्थिक, स्वास्थ्य, शैक्षिक तथा व्यवसायिक सहायताको व्यवस्था,

२. विस्थापित र जोखिममा रहेका नागरिकलाई अविलम्ब अस्थायी आवसको व्यवस्था,

३. मेलम्ची–शिखरपुर र मेलम्ची–दुवाचौर जोडने बेली ब्रिज तत्काल स्थापना र सञ्चालन,

४. मेलम्ची–पाँचपोखरी र मेलम्ची–हेलम्बु सडक मर्मत गरी सुचारु,

५. सवै पालिकामा क्षति भएका तार पोल निर्माण गरी बिधुत सेवा सुचारु,

६. जोखिममा रहेका नदि तटिय क्षेत्रका संरचना एवंं जग्गाको संरक्षण गर्ने कार्यक्रम,

७. व्यवसायिक परियोजना गुमेर समस्यामा रहेका नागरिकलाई व्यवसायिक अनुदान र ब्याज मिनाहा गर्ने व्यवस्था,

८. क्षति भएका सार्वजनिक तथा नीजि विद्यालय संचानल गर्न आवश्यक अनुदानको व्यवस्था,

९. प्रकृति विपत्ति पछिको संभावित स्वास्थ्य महामारी (पोष्ट डिजास्टर पेण्डेमिक)को प्रतिकार्य तयारी,

१०. जनताका लाखौं एवं करोडौंका नीजि संरचना क्षति भएकोले पुन निर्माणका सम्बन्धमा यथोचित पुन निर्माण सहायताको घोषणा,

११. खानेपानी तथा सिंचाइको तत्काल मर्मत र संचालनको व्यवस्था,

१२. आवश्यक स्थानमा जेनेरेटर राखेर भएतापनि तत्काल टेलिफोन सेवा सुचारुको व्यवस्था,

१३.. सुरक्षित स्थानमा मेलम्ची बहुउदेश्यीय कभर्ड हल पुनःनिर्माणको व्यवस्था,

१४. सडक यातायात नपुगेको स्थानमा हवाइ उडान मार्फत खाद्यान्न लगायत अत्यावश्यक सामाग्रि नियमित ढुवानीको व्यवस्था तथा त्यस क्षेत्रका बिरामीलाई एअर लिफ्टिंग मार्फत उपचारको व्यवस्था,

१५. भेमाथांग पहिरोको अध्ययन र अन्य जोखिमका अवस्थाको अविलम्ब अध्ययन गरी संभावित जोखिमबाट सुरक्षाको व्यवस्था,

१६. एकीकृत मेलम्ची–इन्द्रावती बृहत्तर आर्थिक एवं पर्यटकीय क्षेत्र विकास कार्यक्रमको घोषणा ।

छुटाउनु भयो कि ?