Madhyabindu News App
खेलकुद

स्विट्जरल्यान्डलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

Madhyabindu Online


A A- A+

एजेन्सी – तीन पल्टको च्याम्पियन स्पेन स्विट्जरल्यान्डमाथि टाइब्रेकरमा नाटकीय रुपमा ३–१ ले पराजित गर्दै युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको थियो । अनुभवी स्पेन टाइब्रेकरको सुरुआतमा पछाडि रहेर पनि प्रभावशाली जित निकाल्न सफल भएको हो ।

स्पेनका लागि मिकेल आयारजबले पेनाल्टीबाट निर्णायक गोल गरे । त्यस अगाडि ड्यानिएल ओल्मो र जेरार्ड मोरेनोले गोल गरे । कप्तान सर्जियो बुस्क्वेट्सको प्रहार पोस्टमा लागेर फर्केको थियो भने रोडरीको प्रहार स्विस गोलरक्षक याम सोमरले बचाए ।

स्विट्जरल्यान्डका लागि मारियो गाभरनोभिचले पहिलो गोल गरे । त्यसपछि फाबिन स्लर, म्यानुएल अकान्जी र रुबेन भेरगास तीनै जाको प्रहार गोल हुन सकेन् । यस अगाडि विश्व वरीयताको छैटौं स्थानमा रहेको स्पेनले अन्तिम १६ को खेलमा पनि क्रोएसियालाई अतिरिक्त समयमै पराजित गरेको थियो ।

छुटाउनु भयो कि ?