Madhyabindu News App
अन्तर्राष्ट्रिय

NRNA अष्ट्रेलियाको चुनाबमा महेश्वरीको उम्मेदवारी

Madhyabindu Online


A A- A+

काठमाडौं – अष्ट्रेलियामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको सरगर्मी बढेको छ । आगामी जुलाइ ३१ मा हुन गैरहेको गैरआवासीय नेपाली संघ NRNA अष्ट्रेलियाको चुनाब आगामी जुलाइ ३१ मा हुन गैरहेको छ ।

आउदै गरेको गैर आबासिय नेपाली संघको चुनाबमा तास्मानिया स्टेट बाट कार्यकारी सदस्यको पदका लागि महेश्वरी नेपालले उम्मेदवारी घोषणा गरेकी छिन् । उनी अष्ट्रेलियामा सधैं प्रतक्ष्य अप्रतक्ष्य रुपमा नेपाली समुदायको हितका लागि विभिन्न क्षेत्रमा सम्लग्न हुँदै आइरहेकी विद्यार्थी हुन्।

नेपाली समुदायको विभिन्न कार्यक्रमहरुमा सहभागी भएर काम गर्दा अन्तरास्ट्रिय बिध्यार्थीहरु अझै विशेष गरि महिला बिध्यार्थी हरुले भोग्नु परेका कैयौं समस्या र पिडाहरु नजिकै बाट नियालेको दताउँदै उनले अहिले सम्म ब्यक्तिगत तरिकाले समस्यामा परेका धेरै साथीहरु, दाजुभाइ तथा दिदिबहिनिहरुलाइ आफुले सकेको सहयोग गर्दै आएको बताएकी छीन् ।

ब्यक्तिगत तवरले मात्रै भन्दा पनि संस्थागत तरिकाले सहयोगी हात अघि बढाउन सक्यो भने अझै प्रभाबकारी हुन सक्छ भन्ने मान्यतालाइ आत्मसात गर्दै एस पटक तास्मानियाको कार्यकारी सदस्य भएर काम गर्ने दृढ अठोटका साथ आफुले उम्मेदवारी दिएको उनले बताइन ।

“नेपाली समुदायलाई सबल बनाउनका निम्ति सबै नेपालिहरु र नेपाली समुदायहरुको एकता र समन्वयको आवश्यकता छ। यो आवश्यकता सबल र सक्ष्यम नेतृत्वको समुहले मात्र पुरा गर्न सम्भव छ। एनआरएनए केवल संस्था मात्र नभएर नेपाली समुदायको अभिभावक पनि हो । त्यसकारण NRNA को साझा लक्ष्य र उदेश्य प्राप्तिका लागि हाम्रो सम्पुर्ण टिम प्रतिबद्ध भएर लाग्ने छु ।” उनले भनिन् ।

आगामी जुलाइ ३१ मा हुन गैरहेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको चुनाबमा अष्ट्रेलियामा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको साथ र सहयोगको अपेक्षा गर्दै आफुले साथ पाउने कुरामा विश्वस्त समेत रहेको उनले बताइन् ।

छुटाउनु भयो कि ?