Madhyabindu News App
आर्थिक

एस जेमोटो द्वारा एमभी अगस्टा सुपर भेलोचेसिरी ओरोको अनावरण

Madhyabindu Online


A A- A+

काठमाडौं – मोटरसाइकल र मोटरसाइकल संस्कृतीलाई मान्यता दिन एस जेमोटो द्वारा एमभी अगस्टा सुपर भेलोचेसिरी ओरोको अनावरण गरिएको छ । एस जेमोटो द्वारा बुधबार एमभी अगस्टा सुपर भेलोचेसिरी ओरोको अनावरण गरि एको हो ।

कार्यक्रम दर्शकहरूको रूपमा उपस्थित केहि उल्लेखनीय पाहुनाहरूको साथ एमभी अगस्टा सुपर भेलोचेसिरी ओरो मोटरसाइकलको प्रकाशमा केन्द्रित गरिएको थियो ।

COVID-१९ को कारण वर्तमान अवस्थालाई ध्यानमा राख्दै,कार्यक्रम सरकारले तोकेका सबै सुरक्षा प्रोटोकलहरू पछ्याएर सीमित व्यक्ति हरूको सलं ग्नतामा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

सुपर भेलोचेओरो मोटरसाइकल विश्व प्रसिद्ध इटालियन ब्रान्ड, एमभी अगस्टाको नियोरेट्रो रेसरको एक परीष्कृत संस्करण हो। एमभी अगस्टा F3 बाट व्युत्पन्न, यसलेइन-लाइन तीन सिलिन्डर ईन्जिन र एक कम्प्याक्ट शरीर सरंचना, दुबै रेसिङ्ग र नियमित सवारी कोलागी डिजाइन गरीएको कम्पनीले जनाएको छ ।

यस मोटरसाइकल, एमभी अगस्टा ब्राण्डको रेसिङ्ग विरासतबाट प्रेरित भएपनि यसमा उन्नत प्रविधिको मिलावट भएको र केवल ३०० एकाईमा उत्पादन भएको जनाइएको छ।

एस जेमोटो नेपालमा नयाँ र रिफर्बि सर्वे गरिएको सुपर बाइकहरू कोलागि एक प्रीमियम मोटरसाइकल शोरूम हो। यो अन्य ऐतिहासिक मोटरसाइकल र सुपर बाइकहरूको लागि संग्रहालय पनि हो।

यसका साथै यस ग्यालेरीले कफीशप पनि समावेश गर्दछ जसले लोकप्रिय सस्ंकृति प्रतिनिधित्व गर्ने विषयवस्तहुरूको साथ जैविक नेपाली कफी पनि प्रदान गर्दछ। यो शार्क हेलमेट्स, बेयरिगं गियर्स,र्डीजेआई ड्रोनहरू र विशिष्ट एस जेमोटो व्यापारिक सामानको खद्रुा वितरक च्यानल पनि हो।

एस जेमोटो सँग हाल स्टकमा रहेका एम भी अगस्टाका MV Augusta F3, MV Augusta F4, MV Augusta Dragster, MV Agusta Brutale 800, MV Agusta Turismo Veloce, र MV Agusta Turismo Veloce Lusso बाइकहरू हुन।फ्रि फर्बि सर्बि गरि एका बाइकहरू पनि बिक्री तथा वित्तिय सविुविधाका साथ उपलब्ध छन् ।

एम भी सुपर भेलोचे वा अरू कुनै एमभी अगस्टा बाइक बुकिंग गर्न चाहानहुुनेमहानुभावले  ९८०११७७३०२ मा सम्पर्क गर्न वा ज्योति भवन, कान्ति पथमा रहेको एस जेमोटोको शोरूम आउन कम्पनीले अनुरोध गरेको छ ।

छुटाउनु भयो कि ?