नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाई सकियो, शुक्रबार आदेश आउने

NRNA माल्टाको लागि खनालको नेतृत्वमा समावेशी उम्मेदवारहरु घोषणा
माल्टा – गैर आवासिय नेपाली संघ NRNA माल्टाको निर्वाचनको लागि नेपालबाट माल्टामा बसोबास गर्ने नेपालीहरु ले समावेशीले समूह बनाई उम्मेदवारहरु घोषणा गरेका छन् l
माल्टाको विभिन्न शहरमा आफ्नो व्यवसाय तथा रोजगारीको सिलसिलामा रहेका नेपालीरुले सबै क्षेत्रलाई समेटिने गरी समावेशी समूह को नाम दिँदै उम्मेदवारी घोषणा गरेको माल्टाबाट उज्ज्वल केसीले जानकारी दिए ।
केसीका अनुसार अध्यक्षमा रेमलाल खनालकव नेतृत्वमा घोषणा गरिएको समावेशी समूहको तर्फबाट अन्य पदहरुमा क्रमशः ICC सदस्यमा प्रकाश भण्डारी,उपाध्यक्षमा नरेश खनाल,उपाध्यक्ष गोपाल पुन,उपादक्ष्य स्वदेश राई,युवा उपाध्यक्ष पशुपति गौतम,महिला उपाध्यक्ष सविता भण्डारी,महासचिव आकाश गुरुङ,सचिब प्रदीप काफ्ले ,सचिव राजेश पंगेनी रहेका छन् ।
कोषाध्यक्षमा रमेश केसी रहेका छन् भने सहकोषाध्यक्षमा ओमप्रकाश चौधरीको नाम छ । त्यसैगरी समावेशी समूहको तर्फबाट युवा संयोजकमा रोशन आचार्य,महिला संयोजक बबिता अधिकारी र सदस्यहरुमा क्रमशः विकेश घिमिरे,जनक श्रेष्ठ,रन्जीत गिरि,विकास गौतम,माधव भण्डारी र सुनिल रानामगरको उम्मेदवारी रहैको बताइएको छ ।
खनाल नेतृत्वको समावेशी समूहले १३ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै यस लाई आफ्नो विजय पश्चात लागु गर्ने बचनबद्धता सहित चुनावी घोषणापत्रको रुपमा अगाडि बढाइएको आइसीसी सदस्य पदका उम्मेदवार प्रकाश भण्डारीले जानकारी दिए ।