Madhyabindu News App
खेलकुद

इटाली बन्यो युराेकप च्याम्पियन, रोनाल्डोलाई गोल्डेन बुट

Madhyabindu Online


A A- A+

काठमाडौं- युरोकपको उपाधि इटालीले जितेको छ। फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो। यसअघि इटालीले सन् १९६८ मा युराेकपकाे उपाधि जितेकाे थियाे ।

आइतबार राति भएको फाइनल खेलमा इङ्ल्यान्डलाई हराउँदै इटाली युरोकप च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।इङ्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस रासफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।

खेलमा इङ्ल्यान्डले इटालीमाथि सुरुवाती अग्रता बनाएको थियो । इङ्ल्यान्डका लागि खेलको खेलको दोस्रो मिनेटमा लुक शले इङ्ल्यान्डलाई अग्रता दिलाए ।

खेलको ६७ औँ मिनेटमा इटालीका लागि लेनार्दाे बोनुयुकीले गोल गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए ।

रोनाल्डोलाई गोल्डेन बुट –

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो-२०२० फुटबलको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्। आइतबार सम्पन्न युरोकपमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन्।

प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। ४ वटा मात्रै खेल खेलेका रोनाल्डोले ५ गोल र १ असिस्ट गरेका थिए। चार संस्करणको युरोकप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन्। रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए। रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको रेकर्डसँग पनि बराबरी गरेका छन्।

1140x725

छुटाउनु भयो कि ?