
यसरी झुक्क्याए ओलीले हेलम्बुका बाढीपिडित लाई
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका बाढि पिडितलाई निवर्तमान प्रधानमन्त्री केपी ओलीले झुक्क्याएको पुष्टी भएको छ ।
गत असार २५ गते हेलम्बु गएर आस्वाशन मात्रै दिएका ओलीले मेलम्चि खानेपानी बिकास समिति र हेलम्बु गाउँपालिकाको आपसी समझदारीमा करिब एक महिना पहिलेनै गाउँपालिकाको खातामा जम्मा गरिसकेको डेढ करोड रकमको नमुना चेक हस्तान्तरण गरेपछी झुक्क्याएको पुष्टी भएको हो ।
हेलम्बु गाउँपालिकाले मंगलबार उक्त रकम माग गर्दै मेलम्चि खानेपानी बिकास समितिलाई एक पत्र लेखेको छ । उक्त पत्रमा भनिएको छ ‘सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युबाट हेलम्बु गाउँपालिकामा एक कार्यक्रमकाबिच गाउँपालिकाको नाममा उपलब्ध गराउनु भएको रु एक करोड पचासलाखको डमी चेक प्राप्त भएको हुनाले उक्त रकम यस गाउँपालिकाको मेगा बैंक नेपाल लिमिटेड हेलम्बु शाखामा रहेको ग-७-२ विपद् ब्यबस्थापन कोषको खाता नम्बर ०९७००१००३५२७५ मा उपलब्ध गराउन अनुरोध छ ।’
उक्त पत्रको बारेमा बुझ्दा समितिका एक कर्मचारीले सो रकम पहिलेनै भुक्तानी भइसकेको बताएपछी यो चेक देखाउनकालागी मात्रै बनाइएको र यो चेकमा उल्लेखित रकम गाउँपालिकामा प्राप्त नहुने प्रष्ट भएको हो ।
मुलुकको प्रधानमन्त्रीले बोले अनुसारको रकम गाउँपालिकामा प्राप्त हुनेकुरामा आफु विश्वस्त रहेको बताउँदै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन् ‘यो आर्थिक बर्षको रकम यहि असार मसान्त सम्ममा प्राप्त हुनुपर्नेमा मेलम्चि खानेपानी बिकास समितिले कुनै तदारुकता नदेखाएपछी हामिले पत्र लेखेका हौं ।’ उनले भने समयमा रकम उपलब्ध नभए यही कागजातका आधारमा आवश्यक प्रकृया अगाडी बढाउँछौं ।
सोही कार्यक्रममा पुर्व प्रधामन्त्री ओलिले ह्योल्मो मेलम्चि खानेपानी उपत्यका समन्वय समितिका तर्फबाट उपलब्ध गराइएको रकम रु एक करोडको चेक पनी हस्तान्तरण गरेका थिए ।