Madhyabindu News App
विचार-ब्लग

अर्ति, व्यवहारिकता, बस्तुगत परिस्थिति र सत्य

Madhyabindu Online नवराज तिमल्सिना


A A- A+

चराचर जगतमा निरपेक्ष केही छैन् । हरेक घटना , व्यक्तिगत क्रियाकलाप वा सामाजिक गतिविधि आदि सबै परिवेश सापेक्षतामा घटित भै रहेको छ । मानिस स्वाभाविक रुपमा चेतनशील प्राणी हो । तर उसको चेतनाको मागै पनि सापेक्षतामा नै निर्धारित भएको हुँदो रहेछ । मानिसहरुमध्ये धेरै जसो जान्ने सुन्नेहरु, पदासीनहरु, जिम्मेवार हूँ भन्ठान्नेहरु वास्तवता सापेक्षताको सिद्धान्त वा ब्यवहारलाई आफ्नो पाठ्यक्रमको कुनै समयको बिषय मात्र ठान्छन् । तर ब्यक्तिगत ब्यवहारमा उनीहरु यस सिद्धान्त बिपरितका बिषयहरु सोचिरहेका वा गरिरहेका हुन सक्छन् । किन भने चेतनाको जग, भर्याङ्ग वा उकाली ओरालीको बाटो हुँदै पुगिएको वा पुग्नै आँटेको गन्तव्य फरक हुन सक्छ । तर बर्तमानमा भोगीरहेको यथार्थ धरातलले कसैको चेतनाको उर्वरताका लागि कत्तिको काम गरिरहेको छ भन्ने नै अहिलेको वास्तविक चेतनास्तर हो भन्ने निर्क्यौल गर्दो रहेछ ।

प्रायोजित धरातलमा बाँचे हुर्केका मानिसहरु ठूला ठूला दर्शनशास्त्रका ज्ञाता वा जानकार हूँ भन्ने ठान्छन तर उनीहरुको दार्शनिक चेतबाट ब्यक्त ब्यवहारले नै उसको पराश्रयी धरातल र मान्यता उजागर नगरी छाड्दो रहेनछ । ऊ संभवतः प्रायोजनकर्ताको स्वार्थको लागि नै आफ्नो अन्तिम स्वाससम्मको सेवा अर्पण गर्न चाहन्छ वा गरिरहन्छ । भलै त्यो आफूले स्वीकार गरेको मूल्य,मान्यता,पद,गरिमा आदिको बिपरित नै किन नहोस् ।

सन्दर्भ हाम्रै देशका प्रधानमन्त्री भएका मानिस के.पी. शर्मा ओलीको हो । उनी नेपाली जनताको उत्कट चाहना भएको र भावनात्मक रुपले जोडिएको नेपाल कम्युनिष्ट पार्टीमा कलिलै उमेरदेखि जोडिए । अध्ययन र अनुभवले उनलाई हिंसात्मक राजनीतिक क्रियाकलाप मार्फत सत्ता परिवर्तन गर्न सकिने रहेछ भन्ने चेत त पलायो तर जेल जीवन बिताउँदैका अवधिमा आफ्ना अभिष्ट “ राजनीतिक क्रियाकलापछिको जीवन ब्यक्तिगत रुपमा सुखसयलयुक्त बनाउने अभियानमा लगाउँछु ।” भन्ने रहेछ भन्ने कुरा उनका जेलका सहयात्री मध्येका एकले बताएका छन् ।

चेतना ग्रहण गर्दा उच्चस्तरको सोचाई निर्माण भएता पनि र माक्र्सवादी दर्शनको ब्याख्या अनुसार “बर्ग अनुसार बिचार बन्छ” भन्ने मान्यता स्वीकारेको देखिएता पनि उनले आफ्नो बिचार नै फेरे न त बगै नै फेरे । बरु आफू नयाँ सामन्त वा सामन्तका चाकर , भारतीय दलाल पूँजीवादी विस्तारवादको चाकरी र आफ्नो सर्वहारा वर्गीय बगै चिन्तालाई लत्याएर बर्ग बैरीहरुका मित्र हुन भित्रभित्रै (जेल जीवनको अवधीमै) लागेका रहेछन भन्ने स्पष्ट हुन्छ । त्यो यतिबेला रहस्योद्घाटन हुँदै छ र उनी आफ्नो सत्ता शिखराहोरण खुड्किलोमै रहँदा अस्वाभाविक ढङ्गले नेपालमा भारतीय दलालहरु भन्न लाजै नमान्ने मानिसहरुलाई आफ्नो मन्त्रीमण्डलमा सामेल गराएर निर्लज्ज रुपले सत्ताको राँगो रथमा मैमत्त कुर्ली हिडेको देख्दा छर्लङ्ग हुन्छ ।

त्यसैले अरुलाई अर्ति दिने कुरा र व्यवहारमा आफैंले त्यस्तो अर्ति पालना गर्ने कुरा भित्र पनि नसुहाउने के.पी. ओलीको बिगतको राष्ट्रवादी भाषण,लिम्पियाधुरा सम्मको नक्शा,ठोरीको राम मन्दिर प्रकरण र मँधेश आन्दोलनप्रति बिच्छ्याईएको बितृष्णाको बान्ताबारे अध्ययन गर्दा प्रकट भएको सत्य यही हो । तर बर्तमानमा एक पटक फेरि के.पी. वली प्रवृति एउटा कुनामा थन्किएर कुर्लन बाध्य भएका छन् । तर सत्तामा हालीमुहाली भने उनै के.पी.प्रवृत्तिकै पुनरावृत्ति छ भन्दा अतिसयोक्ति नहोला, यी पनि विगतमा धेरै पटक देखे भोगेकै अनुहारहरु हुन् ।

छुटाउनु भयो कि ?