Madhyabindu News App
राजनीति

युवा संघका केन्द्रीय सदस्यसहित सिन्धुपाल्चोकका ५ सय युवा कांग्रेसमा प्रवेश

Madhyabindu Online


A A- A+

भक्तपुर – एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक जिल्लाका इञ्चार्ज सुरेनबिक्रम योञ्जन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार भक्तपुर जिल्लाको कौशलटारमा आयोजित नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य योञ्जनसहित करीव ५ सय जना सक्रिय नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले योञ्जनसहितका नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।कांग्रेसमा स्वागत गर्दै कांग्रेसका खेलकुद विभाग प्रमुख समेत रहेका बस्नेतले प्रवेश गरेका योञ्जनलाई लोकातान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले जनतामा कांग्रेसप्रति विश्वास जागेर आएकोले जनताको विश्वासलाई कांग्रेसले खेर जान नदिने बताएका छन् । बस्नेतले सत्तामा रहेका कम्युनिस्ट नेताहरूले विकासका नाममा सिन्को पनि भाँच्न नसकेको बताए ।

अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस केन्द्रिय समस्य बिष्णुबिक्रम थापा कांग्रेस नेता हरिशरण श्रेष्ठ प्रेमध्वज लामा क्षेत्र नं १ का सभापती बालकृष्ण बस्नेत लगायतका नेता हरुले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक जिल्लाबाट समेत कांग्रेसका कार्यकर्ताहरू आएका थिए ।

No description available.

छुटाउनु भयो कि ?