Madhyabindu News App
राजनीति

सरकारमा थप मन्त्री पठाउनेबारे छलफल गर्न माओवादी स्थायी कमिटी बस्दै

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ। सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्न लागेको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिइएको भए पनि पार्टीका आकांक्षी नेताको संख्या धेरै देखिएपछि पार्टी स्थायी कमिटीमा छलफल हुन लागेको हो।

सत्ता गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप जारी राखेका छन्। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्डले सत्ता गठबन्धनका लागि दौडधुप गरेका हुन्।

देउवासँगको भेटअघि प्रचण्डले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्। वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुवै नेतासँग प्रचण्डले छलफल गरेका हुन्।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालले समसामयिक र सांगठनिक बिषयमा छलफल गर्न बैठक बोलाइएको बताए। उनले सरकारमा सहभागि हुने नेताबारेमा पनि बैठकमा छलफल हुने जानकारी दिएका छन्।

छुटाउनु भयो कि ?