Madhyabindu News App
बागमती प्रदेश

बागमती प्रदेशमा ३० प्रतिशत बजेट फ्रिज, असारमा मात्र १३ अर्ब ६० करोड खर्च

Madhyabindu Online


A A- A+

काठमाडौं – बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष ०७७/७८ मा छुट्याएको बजेटमध्ये ३० प्रतिशत रकम फ्रिज भएको छ । अघिल्लो आव ०७५÷७६ मा ३९ प्रतिशत बागमतीको बजेट फ्रिज भएको थियो ।

८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको बागमती सरकारले गत आवमा ३५ अर्ब ८८ करोड ४४ लाख गर्दा १५ अर्ब ५४ करोड फ्रिज भएको हो ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेका अनुसार बागमती सरकारले असारमा मात्र १३ अर्ब ६० करोड खर्च गरेको छ । आर्थिक वर्ष सकिनुअघि जेठ मसान्तसम्म ४६ प्रतिशत मात्र बजेट खर्चिएको प्रदेश सरकारले असार एक महिनामा कुल खर्चको २४ प्रतिशत रकम खर्चेको हो ।

बागमती सरकारले गत आवका लागि ५१ अर्ब ४२ करोड ७४ लाख बजेट विनियोजन गरेको थियो । कुल विनियोजित बजेटमध्ये चालूगततर्फ १४ अर्ब ४१ करोड (६५.७१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७ करोड (७३ प्रतिशत) र वित्तीयतर्फ १ अर्ब ४० करोड (७० प्रतिशत) खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

असारमा मात्र पुँजीगततर्फ ८ अर्ब ९३ करोड र चालूगततर्फ ३ अर्ब २७ करोड खर्च गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए ।

छुटाउनु भयो कि ?