Madhyabindu News App
समाज

वीरगंजमा चाँदीका गरगहनासहित एक जना पक्राउ

Madhyabindu Online


A A- A+

धर्मेन्द्र प्रसाद यादव/पर्सा – वीरगंजमा चाँदीका गरगहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजविराज उमनपा वडा नं२ मेघरा घर भएका ४३ वर्षीय अंगत साह लाई चाँदीका गहनासहित बुधबार वीरगंजको शंकराचार्य गेटमाबाट प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको विशेष सूचना प्राप्त भई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साह हाल जि।चितवन खैरेनी नपा वडा नं २ श्रीया ज्वेलर्सका संचालक भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपि ओम प्रकाशले जानकारी दिए ।

भारतको रक्सौलवाट वीरगंजतर्फ चाँदीका गहना लिएर आउने क्रममा बुधबार बिहान बिरगंज मनपा वडा नं १६ स्थित शंकराचार्य गेटमा शंकास्पदरूपमा पैदल हिंडिरहेका साहलाई रोकी निजको तलासी लिँदा निजले बोकेको Factor X लेखिएको कालो ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू ५ केजी ३३४ ग्राम साथबाट फेला परेकोले साहलाई पक्राउ गरिएकोको पर्साका डिएसपि ओम प्रकाश खनालले वताए ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

No description available.

छुटाउनु भयो कि ?